आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाविरुद्धको खोपकाे आसा मर्याे, ७० प्रतिशत मात्रै सफल

कोरोनाविरुद्धको खोपकाे आसा मर्याे, ७० प्रतिशत मात्रै सफल

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 4.6K
    SHARES

  • कोरोनाविरुद्धको खोपकाे आसा मर्याे, ७० प्रतिशत मात्रै सफल

    बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । 

    शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याँक विश्लेषण गर्दा यस्तो भेटिएको हो । अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दैै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताए।

    अस्ट्राजेनिकाका खोपको तथ्याँक विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ ।

    अमेरिकी खोप निर्माता कम्पनीहरु फाइजर र मोडर्नाले तयार पारेका खोपहरु ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ ।

    अस्ट्राजेनिकाले आफ्ना खोपहरु वितरणका लागि विभिन्न देशका नियामक निकायहरु समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य संगठन समक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ ।

    कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । यो खोपलाई कम्तीमा छ महिनासम्म दुई देखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend