काठमडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध बोलेको भन्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई लखेटेको घटनाप्रति भर्त्सना व्यक्त गरेका छन् । नेता नेपालले एक विज्ञप्ती जारी गर्दै यस्तो निन्दनीय घटनाको विरोध गरेको स्पष्ट पारेका हुन् ।
चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले ओलीविरुद्ध अनैतिक शब्द प्रयोग गरेको भन्दै ओली निकट मानिएका कार्यकर्ताहरुले लखेटेका थिए ।
केपी ओली निकट कार्यकर्ताले पूर्वअर्थमन्त्री पाण्डेलाई चितवनमा लखेटे
यस्तो छ, नेता नेपालद्वारा जाीरी विज्ञप्ती:
२०७७ मंसिर ६ गते:
विज्ञप्ती !
गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवाहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।
सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।