आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रपतिका जेठा छोरालाई कोरोना संक्रमण पुष्टि

राष्ट्रपतिका जेठा छोरालाई कोरोना संक्रमण पुष्टि

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 4.9K
    SHARES

  • राष्ट्रपतिका जेठा छोरालाई कोरोना संक्रमण पुष्टि

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् । 

    “कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सवै मापदण्ड तथा नियमहरुको पालना गर्नुभएको छ,” ती प्रवक्ताले भनेका छन्। सङ्क्रमित पुष्टि भएसँगै उनी क्यारेन्टाइनमै रहनु भएको पनि प्रवक्ताले जानकारी दिएका छन् ।  

    यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।  

    अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।  ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी हुनुभएको थियो । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सवैले मास्क लगाएका थिएनन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend