काठमाडौं - कोरोनाको प्रभावले विश्व थलिएको बेला एउटा भने खुसीको खबर आएको छ। एक अध्ययनले मुख कुल्ला गर्ने माउथवासले कोरोना भाइरस ३० सेकेण्डमै नष्ट गरेको छ।
बेलायतको कार्डिफ विश्वविद्यालयका बैज्ञानिकहरुको समूहले माउथवासले कोरोना भाइरसको भाइरस नष्ट गरेको पुष्टि गरेका हुन्। युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोरोना संक्रमितमा माउथवास प्रयोग गरी हेर्दा कोरोना नष्ट पारेको पाइएको वैज्ञानिकको दाबी छ।
यस अध्ययन टोलीका प्रमुख लेखक डा. रिचर्ड स्टनटोन भन्छन्, ‘दाँतमा कीरा नलागोस् भनेर बनाइएका माउथवासले कोरोना भाइरसलाई नष्ट गर्न सक्ने देखियो।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।