काठमाडौँ- चर्चित मोडल सुनिल क्षेत्रिको कथा तथा कन्सेप्ट र कोरियोग्राफीमा ‘मालिङ्गो’ बोलको गीतको भिडीओ सार्बजनिक भएको छ । बिहिबार सार्बजनिक भएको ‘मालिङ्गो’ आएको केहि समयमा नै धेरैको मन जित्न सफल भएको हो ।
भिडीओमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहाल र अभिनेता राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडिओमा स्मिता राजेशसँग रोमान्टिक देखिएकी हुन् ।
भिडिओले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडिओमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ ।
भिडिओंमा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्सन, नवराज उप्रेतीको छायांकन र सरोज ओलीको निर्देशन छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।