काठमाडौं- सामाजिक सञ्जालमा निकिशा श्रेष्ठमाथि दुर्व्यहार गरेको भिडियो भाइरल भएसँगै प्रहरी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले निकिश श्रेष्ठमाथि दुर्व्यहार गरेर भिडिओ अपलोड गर्ने तीनै जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, भक्तपुरले निकिशामाथि दुर्व्यवहार गर्ने भक्तपुर महानगरपालिका-५ टौमढीका १७ वर्षीय विशेष जोशी, वडा नम्बर १ भारबा चोकका १९ वर्षीय सफिल खत्री र १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले ती किशोरको उमेर कम भएको हुँदा परिचय खुलाएको छैन। प्रहरीका अनुसार सफिल खत्रीले बाइक चलाएको र पछाडि बस्ने ती किशोरले अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको खुलेको छ ।प्रहरीले अब, उजुरीका आधारमा कारबाही प्रकृया अगाडि बढाउँने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।