आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एक जिल्ला प्रहरी प्रमुखसहित पाँच जनाको हत्या

एक जिल्ला प्रहरी प्रमुखसहित पाँच जनाको हत्या

  • मिडिया डबली
  • बुधवार, मंसिर ३ २०७७

  • 4.8K
    SHARES

  • एक जिल्ला प्रहरी प्रमुखसहित पाँच जनाको हत्या

    अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाइएको छ । 

    फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरुले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको ज्यान लिएका हुन् । उक्त जिल्लामा सवारी साधनलाई लक्ष गरेर सडकको किरानामा बम राखिएको थियो । 

    त्यो बम विस्फोट हुदा सवारीमा रहेका रहेका कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदार मारिएका छन् । उनी सहित सो आक्रमणमा परेर अरु चार जनाको पनि ज्यान गएको फरयाब प्रान्तका प्रान्तीय प्रमुखले बुधबार एक समाचारमा जनाएका छन् ।

    फरयाब प्रान्तका प्रहरी प्रवक्ता अब्दुल कारिमले सो घटनाको पुष्टि गरेको बताइएको छ । उनले कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदारीको विस्फोटमा परेर ज्यान गएको स्थानीय सञ्चारमाध्यहरुहलाई जानकारी दिएका हुन् ।

    सो विस्फोटक हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । तर अफगानिस्तानको सुरक्षा निकायले भने सो हमलामा तालिबानी समूहका लडाकूहरुको हात रहेको अनुमान गरेका छन् । 

    उक्त तालिबानी समूहले पनि यस घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएको छैन । तालिबानीहरुले युद्धविराम गरेर अफगानिस्तानको सरकारसँग वार्ता गरेको भनिएको भए पनि यता अफगानिस्तानमा हिंसा गर्न भने छोडेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend