काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएका डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्योहर्ने भन्दै शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाभको कामना गरेका थिए ।
त्यसपछि उपचाररत डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने भन्दै सरकारालाई नागरिकप्रतिको कर्तव्य पूरा गर्न भन्दै जवाफ दिएका छन् ।
शनिबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै डा. केसीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै आफ्नो उपचार खर्च आफैँ व्यहोर्न जवाफ दिएका हुन्।
‘म कोभिड–१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु’, केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मेरो उपचार खर्च व्यहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ व्यहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।’
डा. केसीले कोरोना संक्रमित दूर दराजका नागरिकलाई निःशुल्क उपचार आवश्यक रहेको भन्दै सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्ने बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।