काठमाडौं- जुम्लामा हिंसात्मक प्रदर्शन हुन्छ भनेर काठमाडौंमै १९ औं सत्याग्रह बस्ने भनेर आएर डा. गोविन्द केसीलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ । डा. केसीलाई प्रहरीले उनको चाहनाविपरित जबर्जस्ती त्यसतर्फ लगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा केसी बुद्ध एयरको नियमित उडानमार्फत् नेपालगञ्जबाट काठमाडौं आएका हुन्। वरिष्ठ हाडजोर्नी विज्ञ रहेका केसीले गतवर्ष सेवाबाट अवकास पाएका थिए । उनले जुम्लाबाट शिक्षण अस्पतालमै आएर सत्याग्रह जारी राख्न खोजेका थिए तर उनलाई त्यहाँ जान दिइएको छैन् ।
नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केहि वर्षदेखि निरन्तर आमरण अनसन बस्ने गरेका छन्। यसअघि सरकारले उनका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीसँग बिभिन्न पटक सहमति मात्रै गरेको छ कार्यान्वयन नगार्द उनले पटकपटक सत्याग्रह बस्नु परेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।