काठमाडौं- नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै डा. केसीका मागहरु तुरुन्त कार्यान्वयन गरेर उनको जिवन रक्षा गर्न अपिल गरेका हुन् ।
कांग्रेसद्वारा जारी विज्ञप्तीमा, 'वार्ता टोली गठन गरेर डा. केसीसँग इमान्दार वार्ता र सार्थक कार्यान्वयनका साथ प्रस्तुत हुन' ओलीलाई आग्रह गरिएको छ । त्यस्तै, प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते सरकारले गरेको सम्झौता उल्लंघन नभएको भए अहिलेको परिस्थिति नआउने कांग्रेसले बताएको छ ।
‘डा. केसीको यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।’ विज्ञप्तीमा उल्लेख छ ।
यसबाहेक, जबरजस्ती डा. केसीलाई ट्रमा सेन्टरमा लैजानुले सरकारको अविवेकी र अनुदार चरित्र देखाएको कांग्र्रेसले स्पष्ट पारेको छ । जुम्लामा पुगेर डा. केसीले २९ भदौमा सत्याग्राह सुरु गरेका थिए । अहिले उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनसनरत छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।