काठमाडौं - अमेरिकाको अमेरिकाको प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको छ । प्रतिनिधिसभामा नियन्त्रण कायम गर्न कम्तीमा २१८ सिट जित्नुपर्ने प्रावधान छ ।
डेमोक्रेटिक उम्मेदबारहरुले २१८ सिट जितेपछि नियन्त्रण कायम भएको हो । कुल ४३५ सिटमा डेमोक्र्याट्सले २१८ र रिपब्लिकनहरुले २०३ सिटमा विजय हासिल गरेका छन् । अब १४ सिटको नतिजा आउन बाँकी छ ।
यो नतिजासँगै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सहज भएको छ भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लागेको छ । अब सय सदस्य रहेको सिनेटमा सबैका आँखा गएको छ । अहिलेसम्म ९८ सिनेटको परिणाम आइसकेको छ
। जसमध्ये ट्रम्पको दल रिपब्लिकन पार्टीले ५० सिनेट जितेको छ । डेमोक्रेटिक पार्टीले ४८ सिनेटर जितेको छ ।
जर्जियामा दुई सिनेटरको टुंगो लागेको छैन । त्यहाँ पुनः मतगणना गर्नुपर्ने भएकाले अनिश्चित छ । यदि डेमोक्रेटिक पार्टीले जितेमा ५०–५० हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।