काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा रहेको चिनियाँ राज्य सञ्चालित मिडिया ग्लोबल टाइम्सले नेपाल र चीनबीचको सीमाविवादका विषयमा विभिन्न आरोप लगाएको छ ।
हालैमात्रै चीनले हुम्लामा सीमा मिचेको प्रतिवेधन नेपाली कांग्रेसको निरिक्षण टोलीले दिएको थियो । तर, सरकारले यसविषयलाई गम्भीररुपमा लिएको छैन्, भने चीनले सीमा नमिचेको दाबी गर्दै आएको छ ।
यसबीच ग्लोबल टाइम्सले भारतका विभिन्न रणनीतिमा नेपाललमा चीनसँग सीमा विवाद उत्पन्न गराइरहेको आरोप लगाएको छ । केही नेपाली नागरिकलाई उदृत गर्दै ग्लोबल टाइम्सले भारतको मिलेमतोमा नेपालले चीनसँग सीमाविवाद उत्पन्न गरेको कुरा ग्लोबलटाइम्सले छापेको हो ।
यसअघि नेपालले आफ्नो नयँ नक्सा जारी गर्दा चीनको मिलेमतोमा उक्त निर्णय भएको भन्ने कुरा बाहिर आएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।