करिब ३४ वर्ष प्रधानमन्त्री पदमा रहेका बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ। बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेका एवं विश्वमै सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदम सम्हाल्ने व्याक्तिका रुपमा रहेका प्रधानमन्त्री अलिफाको ८४ वर्षको उमेरमा निधन भएको हो ।
खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खलिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए। हालसम्म पनि उनी प्रधानमन्त्री थिए।
मायो क्लिनिक हस्पिटलमा खलिफाको मृत्यु भएको बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।