काठमाडौं- नेपाली सेनालाई अमेरिकाले बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्धारमा उपयोगी हुने १० थान अत्याधुनिक डुङ्गा सहयोग गरेको छ । अमेरिकाले ६ थान याफ्ट बोट र चारथान मिस्ट्रलबोट सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।
गौचरस्थित ब्यारेकमा ती सामाग्री नेपाली सेनालाई अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन्ट मट सोभा र रक्षा समन्वय प्रमुख मेजर मिचेल पी ह्वाइटले ती बोटहरु नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई हस्तानान्तरण गरेका हुन् ।
नेपाली सेनाले यी सामाग्रीहरु बाढी तथा डुवान जस्ता जलउत्पन्न विपद्का समय उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।