आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

युद्ध अन्त्य गर्न अर्मेनिया र अजरबैजानबीच सम्झौता

युद्ध अन्त्य गर्न अर्मेनिया र अजरबैजानबीच सम्झौता

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 5.7K
    SHARES

  • युद्ध अन्त्य गर्न अर्मेनिया र अजरबैजानबीच सम्झौता

    काठमाडौं- नागोर्नो–काराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् । रुसको रोहबरमा मंगलबार दुई देशले युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै क्षेत्र क्षेत्रमा झण्डै दुई हजार शान्ति सैनिक खटिएका छन् । 

    सन् १९९४ देखि अर्मेनियाको आदिवासी समुदायको नियन्त्रणमा रहेको यस क्षेत्रलाई दुवै देशले आफ्नो क्षेत्रको रुपमा दावी गर्दै आएका छन् । यस भूमिलाई आफ्नो दावी गर्दै दुई देशका बीचमा भएको भिडन्तका क्रममा अहिलेसम्म तीस हजारभन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ । 

    पछिल्लो समय गत सेप्टेम्बर २७ तारिखदेखि फेरि युद्ध चर्किएको थियो । यस क्षेत्रमा बेला बेलामा शान्त हुने र बेला बेलामा युद्ध चर्किने हुदै आएको छ । दुई देशका बीचमा भएको सम्झौता आज मंगलबारदेखि नै कार्यान्वयनमा आएकाले दुई देशवीच युद्ध तत्कालका लागि रोकिएको छ । 

    अर्मेनियाका प्रधानमन्त्री निकोल पशिनियानले सामाजिक सञ्जाल फेसबुकमार्फत लडाई सधैँका लागि अन्त्य गर्न आह्वान गरेका छन् । उनले लेखेका छन्, “यो लडाई भइरहँदा आफुलाई व्यक्तिगत रुपमा र आम नागरिकलाई अत्यन्त पिडा भइरहेको छ । त्यसैले यो अव सधैँका लागि अन्त्य गर्नुपर्दछ ।” 

    अजरबैजान र अर्मिनियाबीच पछिल्लो समयमा छ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो । विवादित नगोर्नो काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मिनियाको जातीय समूहको नियन्त्रणमा छ ।

    नयाँ सम्झौताअनुसार युद्धका क्रममा आफ्नो नियन्त्रणमा लिन सफल नगोर्नो काराबाख क्षेत्रको केही स्थान अजरबैजानले नै प्राप्त गर्ने भएको छ । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू फिर्ता हुन अर्मिनियाले सहमति जनाएको छ ।

    युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकोप्टर खसालेको पनि स्वीकार गरेको छ । उक्त आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend