काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको निर्णायक बनेका वरिष्ठ नेता माधवकुमार नेपाल फेरी प्रधानमन्त्री बन्ने हल्ला चल्न थालेको छ। दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको विवादमा उनी निर्णायक हुने प्रष्ट छ। ओली र दाहाल जस्लाई माधव नेपाल समूहले समर्थन गर्छ उही समूह निर्णायक र बलियो हुने भएकोले दुबै अध्यक्षहरु नेपाललाई आफ्नो समूहमा ल्याउन मरिहत्ते गरिरहेका छन्।
तर, तत्काल नेपाल केपी ओलीको समूहलाई समर्थन गर्न सक्ने अवस्था छैन। किनकी ओलीसँग पटक पटक सम्झौताको कार्यान्वयन नभएर आत्तिएका नेपाल प्रचण्डकै समूहमा रहने पक्का पक्की छ। त्यसो त अध्यक्ष प्रचण्डले डाकेको सचिवालय सदस्यको बैठकमा पनि नेपाल, झलनाथ खनाल सहभागी भएका थिए।
नेकपाभित्रको गुट चलाइहेका ओली, दाहाल र नेपाल कोही पनि बहुमतका साथ नरहेकोले माधव नेपाल निर्णायक भएका हुन्। नेपाललाई प्रचण्डले प्रधानमन्त्री बन्न सहयोग गर्ने बाचा दिइसकेको बताइएको छ। दशैँ अघि नै दुई नेताबीच यस विषयमा समझदारी बनेको हो। ओलीसँग भएको समझदारी कार्यान्वयन नभएको र ओलीले पेलेर एकलौटी ढंगबाट अघि बढेकोले प्रचण्ड नेपाल समूहसँग नजिक भएका हुन्।
त्यसो त नेपाल पनि ओलीसँग निकै असन्तुष्ट छन्। नेपाललाई प्रधानमन्त्री मानेर कडा कदम चाल्ने दाउमा प्रचण्ड तयार भइसकेको बुझिएको छ। प्रचण्डसँग मिलेर माधव नेपाल सक्रिय भएपछि माधव नेपाललाई फकाउन प्रधानमन्त्री ओली पनि तातेको देखिन्छ। ओलीले नेपाललाई आगामी महाधिवेशनमा अध्यक्ष बनाउन सहयोग गर्ने कार्ड नेपाल समक्ष फ्याँकेको बुझिएको छ। ओलीले नेपालसँग पूर्व एमाले एक हुनुपर्याे पनि भनेका छन्। ओलीको दाउ भनेको प्रचण्डलाई एक्लाउने सिवाय अरु केही देखिएको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।