आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

म्यान्मारमा आज आइतबार आमनिर्वाचन जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान

म्यान्मारमा आज आइतबार आमनिर्वाचन जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान

  • एजेन्सी
  • आइतवार, कार्तिक २३ २०७७

  • 6.1K
    SHARES

  • म्यान्मारमा आज आइतबार आमनिर्वाचन जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान

    म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ । 

    पाँच वर्षअघि भएको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकी थिए। संसदको माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग लिएका छन् । यस पटक राज्य र क्षेत्रीय तहको पनि निर्वाचन हुँदैछ । 

    स्टेट काउन्सिलरका रुपमा सेवारत सुकी अहिले पनि म्यान्मारमा निकै लोकप्रिय नेतृका रुपमा छन् । तर उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन । म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न उहाँको सरकारले पर्याप्त काम गर्न नसकेको आरोप लाग्दै आएको छ । 

    आमनिर्वाचनमा ५० लाख नयाँ मतदाता सहित ३ करोड ७० लाखभन्दा बढी मतदाता छन् । यसपटक कोरोनाभाइरस र सुरक्षा त्रास पनि रहेकाले मतदानमा सबै सहभागी हुने सम्भावना कम छ । चुनाव प्रचारका काममा पनि कोरोनाभाइरसले समस्या पारेको थियो । 

    पचहत्तर वर्ष पुगिसक्नु भएकी सुकीले राजधानी नेपिटअमा गत महिनाको अन्त्यतिर मतदान गरिसक्नु भएको छ । म्यान्मारमा ६० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई अग्रिम मतदान गर्ने व्यवस्था छ । 
    देशको सबैभन्दा ठूलो राजधानी शहर याङ्गुनका मतदान स्थल बाहिर ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन् । 

    सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले सन् २०१५ को आमनिर्वाचनमा भारी बहुमत प्राप्त गरेको थियो । यस चुनावले देशको पाँच दशकभन्दा लामो सैन्य शासनको अन्त्य गरेको थियो । 

    म्यान्मारको निर्वाचन आयोगले निर्वाचनको नतिजा सोमबार बिहानदेखि सार्वजनिक गर्न थालिने जनाएको छ । देशका दुर्गम स्थानबाट मतपेटिका संकलनमा समय लाग्ने भएकाले चुनावको पूरै परिणाम सार्वजनिक गर्न एक सातासम्म लाग्ने आयोगले बताएको छ ।  यस चुनावलाई सुकी नेतृत्वको सरकारका लागि जनमतसंग्रहका रुपमा लिइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend