आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाइडेनकाे मतान्तर घट्याे, ट्रम्पको चुनाव जित्ने सम्भावना ?

बाइडेनकाे मतान्तर घट्याे, ट्रम्पको चुनाव जित्ने सम्भावना ?

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २१ २०७७

  • 6.4K
    SHARES

  • बाइडेनकाे मतान्तर घट्याे, ट्रम्पको चुनाव जित्ने सम्भावना ?

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालु राष्ट्रपतीय चुनाव जित्ने सम्भावना निकै कम हुँदै गएको छ । हाल ५ राज्यको मत गणना भइरहेको छ ।

    पाँच मध्ये ३ मा ट्रम्पको अग्रता छ भने २ राज्यमा बाइडेनको अग्रता छ । चुनाव जित्ने चाहिने २ सय ७० इलेक्टोरल कलेज भोटको ठाउँमा बाइडेनले २ सय ५३ पाइसकेका छन् भने ट्रम्पले २ सय १४ मात्रै ।

    अब, मत गणना भइरहेका ५ राज्यमध्ये बाइडेनको अग्रता रहेको एरिजोनामा उनको जित लगभग सुनिश्चित भइसकेका छ । यो राज्यमा जित्दा बाइडेनले थप ११ इलेक्टर पाउँने छन् र २ सय ६४ पुग्ने छ । जित सुनिश्चित भइसकेकै कारण धेरै सञ्चारमाध्यमले हिजो देखि नै बाइडेनको २ सय ६४ मत देखाइ रहेका थिए ।

    अब, नेभडामा पनि बाइडेन ट्रम्पभन्दा १ प्रतिशतले अगाडि छन् यद्यपी मत गणना ८७ प्रतिशत मात्रै भएको रोयर्टसले जनाएको छ । बाँकी मतमा पनि बाइडेनकै अग्रता रह्यो र यो प्रान्तपनि जिते भने बाइडेनले ठ्याक्कै २ सय ७० मत पाउँने छन् र जित्ने छन् ।

    यसबासहेक ट्रम्पको अग्रता रहेको जोर्जियामा समेत बाइडेनले ट्रम्पलाई पछ्याउँनै आँटेका छन् । ट्रम्पन्दा बाइडेन अहिले करिब १ हजार मतले मात्रै पछि छन् । यदि यो प्रान्तमा ट्रम्पले निरन्तर अग्रता लिए, पेनसेल्भेनियामा पनि अग्रता लिए, नर्थ क्यारोलिनामा भने जितको नजिक पुगेका ट्रम्पले नेभडामा पनि बाइडेनलाई पछि पारे भने मात्रै ट्रम्प जित्ने छन् । तर यो निकै कठिन देखिएको छ ।

    यसकारण बाइडेन करिब करिब जितको नजिक पुगिसकेको देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend