वाशिङ्टन - अमेरिकी अर्बपति माइक ब्लुमबर्गले डेमोक्रेटिक उमेदवार जो बाइडेनलाई जिताउनका लागि एक सय मिलियन अमेरिकी डलर खर्च गरेको खुलेको छ ।
तर, ब्लुमबर्ग खर्च गरेका राज्यहरुमा भने रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
ब्लुमबर्गले मुख्य निर्णायक राज्यहरु फ्लोरिडा, ओहिओ र टेक्ससमा उक्त रकम खर्च गरेका थिए । ती राज्यहरुबाट रिपब्लिकन उमेदवार ट्रम्पले जित हात पारेका हुन् ।
यी राज्यहरुमा सन् २०१६ मा पनि राष्ट्रपति ट्रम्पले जित हात पारेका थिए ।
हालसम्म ४३ राज्यहरुमा मतगणना सकिएको छ । बीबीसीका अनुसार हालसम्म बाइडेनले २४३ इलेक्टोरल कलेज मत ल्याएका छन् भने ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।