काठमाडौं - अमेरिकी राष्ट्रपतिको चुनावमा दुई प्रतिष्पर्धी जो बाइडेन र डोनाल्ड ट्रम्पबीच विवाद सुरु भएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्प ले फेरिडा, ओहायो, टेक्ससमा जित हाँसिल गरेका छन्।
अहिलेसम्म इलोक्ट्रोल मतका आधारमा भने डेमोक्रेट्स पार्टीका उम्मेदवार बाइडेन जीत उन्मुख छन्। उनले आफ्नो जीत सुनिश्चित भएको पनि बताइसकेका छन्। अरिजोना, जर्जियार, उत्तरी क्यारोलाइना, नेवाडालगायतको राज्यको मतगणना अझै सकिएको छैन।
बाइडेनको जित लगभग पक्कापक्की भएपछि ट्रम्प भने धाँधली भएको भन्दै अदालत जाने तयारी गरेका छन्। उनले केही स्थानमा धाँधली भएको दाबी गरेका छन्। एजेन्सीहरुका अनुसार ट्रम्पले आफ्ना प्रतिनिधिहरुलाई अदालत पठाइसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।