आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 4.8K
    SHARES

  • युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश
    फाइल तस्बिर

    अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिएका छन्।

    टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले गतराति प्रादेशिक राजधानीको एउटा सैनिक अखडामा आक्रमण गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

    सेना परिचालनले अफ्रिकाकै सबैभन्दा बढी जनसंख्या रहेका तथा शक्तिशाली मुलुकमध्ये एक इथियोपियामा फेरि युद्ध शुरु हुने खतरा बढेको छ । 

    टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अबियले उत्तरी टिग्रे प्रदेशको राजधानी मिकेले र दान्सा शहरमा विद्रोही समूहले गरेका आक्रमणमा धेरै सैनिकले शाहदात प्राप्त गरेको बताएका छन् । 

    प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रिआसँग जोडिएको इथियोपियाको संवेदनशील क्षेत्रमा सक्रिय विद्रोहीको अन्त्य अवश्यम्भाबी रहेको पनि बताए। इरिट्रिआसँग लामो सीमा संघर्षपश्चात् सन् २०१८ मा दुबै देशबीच शान्ति सम्झौता भएको थियो । 

    टिपिएलएफले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्रीको घोषणासँगै टिग्रे क्षेत्रका सबै इन्टरनेट र टेलिफोन लाइन काटिएका छन् । टिग्रे टिभीका अनुसार टिग्रे क्षेत्रमाथिको आकाश हवाई उडानका लागि निषेध गरिएको छ । 

    यहीबीच इथियोपियासँग इजिप्टको इथियोपियाली बाँध परियोजनालाई लिएर विवाद बढ्दै गएको छ । इथियोपियाले पछिल्लो समय कोरोनाभाइरस महामारी, घातक जातीय हिंसा र सलहको प्रकोपजस्ता समस्यासँग एकैसाथ जुध्नु परिरहेको छ । 

    कतिपयको भनाईमा अबियको शासनको खास परीक्षण अब हुँदैछ । टिग्रेका अधिकारीहरुले गत अगष्टका लागि तोकिएको इथियोपियाको राष्ट्रिय आमनिर्वाचन स्थगित गरेकामा आपत्ति जनाएका छन् । कोरोनाभाइरस महामारी अझ फैलिने खतरा औंल्याउँदै प्रधानमन्त्री अबियले निर्वाचन स्थगित गर्नु भएको थियो । 

    गत आइतबार विद्रोही समूह टिपिएलएफका एक जना वरिष्ट अधिकारी गाटाचिउ रेडाले आफूहरु संघीय सरकारसँग तत्काल वार्ता गर्न इच्छुक नरहेको बताएकाम थिए। उनले अहिलेको अवस्थामा राष्ट्रिय संवाद जरुरी भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend