आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हवाई आक्रमण नभएको अजरबैजानको रक्षा मन्त्रालयको भनाई

हवाई आक्रमण नभएको अजरबैजानको रक्षा मन्त्रालयको भनाई

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १४ २०७७

  • 4.5K
    SHARES

  • हवाई आक्रमण नभएको अजरबैजानको रक्षा मन्त्रालयको भनाई

    बाकु- अजरबैजानको रक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा क्षेप्यास्त्र नहानेको स्पष्ट गरेको छ । यी दुई देशबीचको विवादास्पद क्षेत्र काराबाखमा अजरबैजानको सेनाले हवाई आक्रमण गरेको र शक्तिशाली क्षेप्यास्त्र हानेको बताइएको थियो ।

    तर त्यसको अजरबैजानले विरोध गरेको छ । यी दुई देशका बीचमा हालै मात्र नयाँ युद्धबिराम भएको थियो । तर सो युद्धविराम पनि पालना नभएको बताइएको छ । यी दुई देशबीचमा युद्धविरामका विषयमा गएको आइतबार मात्र नयाँ खालको सहमति भएको बताइएको थियो । आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको बताइए पनि त्यसको पालना हुन नसकेको गुनासो आएको छ ।

    यसअघि पनि यी दुई देशकाबीचमा जारी द्धन्द्धको युद्धविराम गर्ने सहमति भएको थियो । केही हप्ता अघि रुसी राजधानी मस्कोमा भएको युद्धबिरामको सहमतिको पालना नभएपछि अमेरिकी मध्यस्थतामा पछिल्लो युद्धविरामको सहमति भएको थियो ।

    तर दुई देशका बीचमा पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको बताइएको छ ।नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै देशले अडान नछोडेपछि पछिल्लो समयमा यी दुई देशबीच काराबाख क्षेत्रमा युद्ध बढ्दै गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend