घुस तथा भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो ।
फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।
यो फैसलाले पूर्व राष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । उनलाई जेलमा फिर्ता लान प्रहरी उहाँको सियोलस्थित घरमा पुगेको थियो ।
लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । तर उनले उक्त मुद्दामा पुनरावेदन अदालतले उनलाई १७ बर्षका लागि सजाय तोकिएको थियो । उनले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नया निर्णय नहुँदासम्मका लागि उनलाई जमानतमा रिहा गरिएको थियो ।
अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकिएको हो ।
लीलाई यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि सम्लग्नता रहेको आरोप लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।