आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फ्रान्समा चक्कु आक्रमण : महिलाको घाटी रेटियो, तीनको मृत्यु

फ्रान्समा चक्कु आक्रमण : महिलाको घाटी रेटियो, तीनको मृत्यु

  • एजेन्सी
  • बिहिवार, कार्तिक १३ २०७७

  • 6.5K
    SHARES

  • फ्रान्समा चक्कु आक्रमण : महिलाको घाटी रेटियो, तीनको मृत्यु
    फाइल तस्वीर

    फ्रान्सको नाइस सहरमा चक्कु आक्रमणमा परेर तीनजनाको मृत्यु भएको छ। नाइसका मेयर क्रिस्टियन इस्टरोसीले सहरको मुख्य क्षेत्र नोट्रे-डामे बसिलिकाको घटनाको सबै कुराले 'आतंककारी आक्रमण' भएको संकेत गरेको बताएका छन्, साथै उनले घटनालाई 'इस्लामोफासिज्‌म' को संज्ञा दिएका छन् ।

    आक्रमणमा एक महिलाको टाउको काटिएको छ । घटनामा संलग्‍न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको छ । फ्रान्सको आतंकवादविरोधी अधिकारीहरुले घटनाको अनुसन्धान सुरु गरिसकेका छन् । आक्रमणकारीको संलग्‍न भएको आशंकामा नियन्त्रणमा लिने क्रममा ती व्यक्तिले निरन्तर 'अल्लाह अकबर' भन्दै चिच्याइरहेको मेयरले पत्रकारसँग बताएका छन् ।

    आन्तरिक मामिला मन्त्री जेराल्ड डारमानिन्‌ले तत्लका आपतकालीन बैठक बोलाउने बताएका छन् । प्रधानमन्त्री जिन कासटेक्सले राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका छन् । बिहीबार मध्यरातिदेखि लागु हुने लकडाउनका विषयमा जानकारी दिन राष्ट्रिय सभामा उपस्थित प्रधानमन्त्रीले एक मिनेट मौन धारण गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend