अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ ।अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार आयोगले जानकारी दिएको छ ।
उक्त आयोगले तखार क्षेत्रमा अफगानिस्तानको सरकारी सैन्य फौजले तालिबानीहरु रहेको सूचनाको आधारमा हवाई माध्यमबाट कारबाही गरेको थियो र त्यस कारबाहीमा पनि कैयौँ व्यक्ति मारिएका छन् ।
कारबाहीका क्रममा अरु पनि कैयौँ व्यक्ति घाइते भएका छन् । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमी खालिजादले पनि सो जानकारी दिएका हुन् ।
तखार प्रान्तमा हिजो गत शुक्रबार कारबम हमला गरेर कैयौंँ निर्दोष गाउँलेको हत्या भएको थियो । उनीहरु त्यसपछि भागेका थिए ।
उनीहरुलाई कारबाहीका लागि खोज्ने क्रममा अफगानिस्तानको सरकारी सेनाले हवाई कारबाही गरेको थियो । त्यसै क्रममा बालबालिका मारिएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।