आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 7.1K
    SHARES

  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १३।२२ बिन्दुले बढेर एक हजार ५८३.६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६५ बिन्दुले वृद्धि भई ३१३.५५ मा पुगेको छ । आज कूल १९३ कम्पनीका ५० लाख २४ हजार ५० कित्ता शेयर रु एक अर्ब २७ करोड १८ लाख २९ हजार ९९० मूल्यमा खरिद बिक्री भए ।

    कारोबार भएका आज १२ वटै उपसमूहको शेयर बिक्री भएको छ । बैंकिङ ७.७४, व्यापार २.९६, होटल १९.२७, विकास बैंक २२.१९, जलविद्युुत् २७.७२, वित्त ८.६, निर्जीबन बीमा ५५.७६, उत्पादन २५.३६, अन्य ११.४, लघुवित्त १६.४४, जीवन बीमा ७८.१२ र सामूहिक लगानी कोष ०.११ बिन्दुले उकालो लागेको छ ।

    कारोबारका आधारमा आज अरुण काबेली पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड एक लाख एक हजार ५८० बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु सात करोड ७४ लाख ८४ हजार ७४५, एचआइडिसीएल रु छ करोड दुई लाख दुई हजार ३४७, नागरिक लगानी कोष रु चार करोड एक लाख ७७ हजार २०२, हिमाल दोलखा हाइड्रोपावर रु तीन करोड ४३ लाख १५ हजार ४६१, शिखर इन्स्योरेन्स कम्पनी रु दुई करोड ७९ लाख ८५ हजार २४० र कुमारी बैंकको रु दुई करोड ६८ लाख १४ हजार ६९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend