भारत र चीन सीमाबीचको वास्तविक नियन्त्रण रेखा पार गरी भारत पसेका चिनियाँ जनमुक्ति सेनाका सैनिकलाई भारतीय सुरक्षाकर्मीहलाई नियन्त्रणमा लिएको चिनियाँ सञ्चारमाध्यमले नै जनाएका छन् ।
वास्तविक नियन्त्रण रेखा पार गरेका ती सैनिकलाई हिरासतमा राखिएको बताइएको छ । ती चिनियाँ सैनिकलाई मेडिकल सुविधा, अक्सिजन, खाना र न्यानो कपडा उपलब्ध गराइएको भारतीय सेनाले जनाएको छ।
सो स्थान निकै उचाइमा रहेकाले चिनियाँ सैनिकको जीवनरक्षाका लागि भारतीय सेनाले आवश्यक प्रबन्ध गरिदिएको हो। चीनको जनमुक्ति सेनाले औपचारिक रूपमै नियन्त्रणमा लिइएका सैनिकको जानकारी भारतसँग मागेको छ।
भारतीय सीमामा छिरेका चिनियाँ सैकिलाई भारतीय सेनाले कुनै हमला र कुटपीट गरेका छैनन् । यसअघि सोही ठाउँमा चिनियाँ सैंनिकसँ भएको भिडन्तमा २० भन्दा बढी भारतीय सैनिकको मृत्यु भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।