आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रिय रंगशाला नै अस्थायी कोरोना अस्पताल

राष्ट्रिय रंगशाला नै अस्थायी कोरोना अस्पताल

  • एजेन्सी
  • सोमवार, कार्तिक ३ २०७७

  • 7.1K
    SHARES

  • राष्ट्रिय रंगशाला नै अस्थायी कोरोना अस्पताल
    सांकेतिक तस्बिर

    कोरोना भाइरस महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ। 

    राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भएअनुसार निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। 

    सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार झण्डै पाँच सय बिरामीलाई कोठा पुग्नेगरी पुनर्निर्माण भइरहेको हो। ती कोठाहरुमा आवश्यकता परेका बिरामीलाई अक्सिजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उनले बताए। 

    'देशका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढिरहेको हामीले देखेका छौँ, यो अत्यन्त छिटो छिटो वृद्धि भइरहेको छ, ती सबैलाई थेग्न हाम्रो अहिलेको अस्पतालले नसक्ने भएको छ, त्यसैले हामीले अस्थायी प्रयोगका लागि रंगशालामा अस्पताल बनाउन लागिएको हो,' प्रवक्ता मुलरले भने।   

    तर त्यो अस्पतालका लागि चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था भने सरकारले कसरी गर्न सक्छ भन्नेबारे अहिलेसम्म पनि अस्पष्ट छ। पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी छ।

    अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता रहेको थियो। युरो २०१२ फुटबल च्याम्पियनसिप सञ्चालन गर्न यो रंगशाला निर्माण गरिएको थियो। त्यो प्रतियोगिताका लागि पोल्याण्ड र युक्रेनले व्यवस्थापकीय नेतृत्व गरेका थिए।

    गत वसन्तमा पश्चिमी अन्य युरोपेली देशहरुको तुलनामा पोल्याण्डमा कोरोना महामारीको असर कम देखिएको थियो। तर अहिले भने घातक रुपमा महामारी फैलिएको छ। 

    स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पोल्याण्डमा पछिल्लो केही दिनमा थप सात हजार ४८२ जना कोरोना सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ।

    तीन करोड ८० लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल सङ्क्रमित संख्या एक लाख ८३ हजार २४८ रहेको छ भने तीन हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। तर वास्तविक संख्या भने त्योभन्दा धेरै हुन सक्ने बताइएको छ। 

    पछिल्लो दिनमा पोल्याण्डका ३६ हजार जनाको कारोना परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये झण्डै २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको पनि अधिकारीहरुले जनाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend