आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु

फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 7.3K
    SHARES

  • फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु

    काठमाडौं - फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँक्न सुरु भएको हो ।

    काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको पे्रमकथामय गीत ‘कुन देश कि परी..’बाट छायाँकन सुरु गरेको थियो । गीतको छायाँकन कालिन्चोक आसपासका स्थानमा  गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।

    कालिन्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकोप्टर चार्टर गरेर फिल्म छायाँकन त्यहाँ पुगेको निर्देशक राजु लामाले बताए । ‘प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै स्वर्ग जस्तै लाग्यो’ लामाले थपे ।

    अभिनेत्री कविता रायले कालिन्चोकको सौदर्यले आफु मोहित भएको बताइन् । पहिलो चोटी कालिन्चोक पुगेकी कविताले भनिन् ‘कालिन्चोको सौदर्य बर्णन गरेर नसकिने छ ।’

    दोलखाकोअलवा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौलगायतका स्थानमा फिल्मको छायाँकन हुनेछ ।
    फिल्ममा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ । 

    आरएल फिल्म इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बन्ने फिल्मका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् ।

    निर्देशक लामाकै लेखन रहेको फिल्मले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् ।

    फिल्ममा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किरतीको द्धोन्द र रामेस्वर हुमागाईको छायाँकन रहनेछ । फिल्मका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् । चलचित्रको बितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक ३ २०७७०३:०२:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend