काठमाडौँ- लोकप्रिय सर्जक तथा संगीतकार लाल कुमार बरालको संगीतमा 'नजाउ नभन...' बजारमा सार्बजनिक भएको छ । गीतकार डि. आर सुजनको शब्द सृर्जना रचना रहेको गीतलाई बरालले संगीत गरेका हुन् ।
गीतमा गायिका एलीना चौहान र गायक अन्जान सुर्यको आवाज रहेको छ । गीतको भिडियोमा गरिबीको गन्तब्य विदेश मात्र हैन आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाब देख्न सकिन्छ।
लाल कुमार बरालको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको छ । भिडियोमा गायिका एलीना चौहाना र डि. आर सुजनको दमदार अभिनय देख्न सकिन्छ ।
निसल पौडेलको छायांकनमा तयार पारिएको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।