बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

पूर्वप्रधानमन्त्रीले सुरु गरे 'ओली हटाउँ' अभियान, नेकपामा तरंग

पूर्वप्रधानमन्त्रीले सुरु गरे 'ओली हटाउँ' अभियान, नेकपामा तरंग

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 6.4K
    SHARES

  • पूर्वप्रधानमन्त्रीले सुरु गरे 'ओली हटाउँ' अभियान, नेकपामा तरंग

    काठमाडौं- कोरोना भाइरसको माहामारीका बेला सरकारले सबैको परीक्षण र उपचार नगर्ने भनेसँगै देशव्यापी विरोध भइरहको छ । यसबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना महामारीमा जनताको ख्याल नगर्ने केपी ओली सरकार हटाउनु पर्ने कुरा अघि सारेका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) का नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ‘रिमुभ केपी ओली’ भन्दै अभियानात्मक टिप्पणी गरेका छन् । उनले  केपी ओलीलाई हटाउँ भनी आह्वान गरेका हुन्।


    उनले जनतालाई कोरोना उपचार खर्च आफै व्यहोर, वेहोस भए मात्रै अस्पताल जाऊ, वेरोजगार श्रमिक रूँदै गाऊँ फर्क, भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क भन्ने सरकार किन चाहियो भनी प्रश्न गरेका छन्।

    नेता भट्टराईले भनेका छन्, ‘कोरोना उपचारखर्च आफै व्यहोर!वेहोस भए मात्रै अस्पताल जाऊ!वेरोजगार श्रमिक रूॅदै गाऊॅ फर्क!भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क! महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर! आसेपासेहरू कमिसन/भत्ता डकार!यस्तो सरकार किन चाहियो?#RemoveKPOli'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend