बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
कोरोना महामारी

ओली सरकारले अब कोरोना संक्रमितसँग कर उठाउन बाँकी

ओली सरकारले अब कोरोना संक्रमितसँग कर उठाउन बाँकी

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 6.1K
    SHARES

  • ओली सरकारले अब कोरोना संक्रमितसँग कर उठाउन बाँकी

     काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित आफ्ना नागरिकको उपचार गर्न नेपाल सरकारले हात उठाएको छ ।

    अब संक्रमितले आफैं उपचार मात्र होइन, यदि मृत्यु भइहालेमा आफैंले लासको व्यवस्थापन पनि गर्नुपर्ने भएको छ ।

    सरकारको यो निर्णयले अब देशमा सरकार जिउँदो छैन भन्ने महसुस जनताले गर्न थालेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबारको पत्रकार सम्मेलनमा अब सरकारले कोरोना संक्रमितको उपचार गर्न नसक्ने जानकारी दिँदै आफैंले उपचार गर्नु, होम आइसोलेसनमा निधन  भएमा आफैंले शव व्यवस्थापन गर्नुपर्ने बताएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

    अब सरकारको काम कोरोना संक्रमितको संख्या र लास गन्ने मात्रै भएको छ । सरकारको नयाँ निर्णयसँगै सामाजिक सञ्जालमा ‘कर नतिरौं’ भन्ने ह्यासट्याग सुरु भएको छ ।

    जनताले तिरेको कर नेताको उपचारका लागि मात्र हो भन्दै सरकारसँग प्रश्न गर्न थालिएको छ । यसैक्रममा कांग्रेसका युवा नेता गगन थापाले पनि सरकारको कडा आलोचना गरेका छन् ।

    उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयूकोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नुू । यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा पीएम नेपाल बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend