सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

विष्णु पौडेलको जिल्ला पुगेर कांग्रेस नेता पाण्डेको गर्जन : पौडेल भ्रष्टाचारका नाइके !

विष्णु पौडेलको जिल्ला पुगेर कांग्रेस नेता पाण्डेको गर्जन : पौडेल भ्रष्टाचारका नाइके !

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 5.1K
    SHARES

  • विष्णु पौडेलको जिल्ला पुगेर कांग्रेस नेता पाण्डेको गर्जन : पौडेल भ्रष्टाचारका नाइके !

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री खड्गप्रसाद ओली भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् ।

    रुपन्देहीको भैरहवामा सोमबार आयोजित सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस नेता पाण्डेले ठूला–ठूला भ्रष्टाचार काण्डमा मुछिएका नेकपाका नेताहरूलाई ओलीले संरक्षण गरेर राखेको बताए । उनले बालुवाटार जग्गा काण्डमा परेका विष्णु पौडेललाई ओलीले संरक्षण गरेर राखेको बताए ।

    ‘रुपन्देहीबाट जितेर गएका नेता बालुवाटार जग्गा काण्डमा परेका छन् । उहाँलाई कारबाही गर्ने कि नगर्ने रु’, नेता पाण्डेले भनेका छन्, ‘जसले भ्रष्टाचारीलाई संरक्षण गर्छ त्यो भ्रष्टाचारको नाइके हो । केपी ओली भ्रष्टाचारको नाइके हो ।’

    कम्युनिस्ट नेताहरू भ्रष्ट भएका कारण हरेक ठाउँमा घुसबाट जनता आजित बनेको उनले बताए ।
    कांग्रेस नेता पाण्डेले भनेका छन्, ‘केपी ओलीजी तपाईका कनिस्ट पुत्र गोकुल बास्कोटालाई कारबाही गर्ने कि नगर्ने रु’

    तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहारको उनले विरोध जनाए । प्रहरी प्रशासनको आलोचना गर्दै उनले भने, ‘पाँच वर्षपछि चुनाव हुनेछ । कांग्रेस जितेर आउनेछ । प्रहरी प्रमुख र सीडीओहरूको हिसाब–किताब खोज्न नपरोस् । तपाईहरू कम्युनिस्टसँग सती नजानु होला ।’

    कांग्रेस नेता पाण्डेले संविधान विपरित कम्युनिस्ट सरकारले टेलिफोन टेपिङ गर्ने विधेयक ल्याएको भन्दै जनताको अधिकार खोस्ने कार्यहरू भइरहेको बताएका छन् ।

    उनले कम्युनिस्ट सरकारलाई सच्चिन सुझाव दिएका छन् । उनले कम्युनिस्टहरू सच्चिएनन् भने जनताले सडकबाट फल्ने बताएका छन् ।

    कांग्रेस नेता पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धमिलो पानीमा माछा मार्ने प्रयास नर्गन सुझाव दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिक दल खोलेर राजनीति गर्न पनि आग्रह गरे ।

    कम्युनिस्ट सरकार अधिनायकवादी बनेपछि बाध्य भएर कांग्रेस जनताको अधिकारका लागि सडकमा आएको कांग्रेस नेता पाण्डेले बताएका छन् ।

    विरोध कार्यक्रममा रुपन्देही कांग्रेसका सभापति अब्दुल रजाक, सांसद भरत शाह, इस्तियाक अहमद, प्रमोद यादव, रामचन्द्र ढकाल, रामकृष्ण खाँण, हिराबहादुर केसी, सरिता चौधरी, कांग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागका सदस्य विमल ढकाल, कुलप्रसाद न्यौपानेलगायतका हजारौँ नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend