दार्चुला- चीन मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन गरेको छ । हुम्लामा भएको चिनियाँ अतिक्रमणको विरोध गर्दै नेविसंघले सरकारविरुद्ध नाराबाजी गरेको हो ।
सीमा अतिक्रमणको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको हुँदा आफूहरुले विरोध प्रदर्शनमा उत्रिएको नेविसंघ नेता सुरेन्द्र जोशीले जानकारी दिए ।
सरकार जनभावना अनुसार चल्न नसक्दा जनताले दुःख र सास्ती मात्र भोग्नु परेको उनले आरोप लगाएक । नेविसंघका युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै खलंगा बजार परिक्रमा गरेका थिए ।
उनीहरुले ‘बेसार होइन् पीसीआर, हत्या हिंसा बन्द गर । शान्ति सुव्यवस्था कायम गर, गो ब्याक चाइना, मिचिएको नेपाली भूमी फिर्ता गर’ त्रीभूवन विश्व विद्यालयमा नेविसंघलाई लगाइएको झुटा मुद्धा खारेज गर जस्ता नारा लगाएका थिए ।
विरोध र्यालीमा नेविसंघ, नेपाल तरुण दल र नेपाल दलित संघका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।