नग्न तस्बिर सार्वजनिक गर्छु भन्दै आफ्नी पूर्व प्रेमिकालाई ब्ल्याकमेल गरेर पैसा असुलेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। साउथ चाइना मर्निङ पोस्टका हङकङमा ४२ वर्षकी महिलालाई ब्ल्याकमेल गर्ने ५१ वर्षका पुरुष पक्राउ परेका हुन्।
प्रेमसम्बन्ध टुटेपछि पुरुषले ती महिलालाई ब्ल्याकमेल गर्न खोजेको थाहा हुन आएको छ । ती पुरुषले महिलाबाट ६० हजार हङकङ डलर असुलेको बताइएको छ। प्रहरीका अनुसार महिलाले पुरुषलाई गतहप्ता मात्र पैसा बुझाएकी हुन्।
गतहप्ता नै ती पुरुषले पूर्व प्रेमिकालाई म्यासेजमा नग्न तस्बिर पठाउँदै पैसा दिन नभए हालका प्रेमीलाई उक्त तस्बिर पठाउने धम्की दिएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।