काठमाडौं- गायक शनी विश्वकर्मा र शान्ता रानी परियारको स्वरमा 'साइत...' सार्वजनीक भएको छ । राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता भएका थिए।
निर्देशक तथा मोडल धुर्व हिमाली र सुनिता भण्डारीको दमदार अभिनयमा लोकदोहोरी गीत 'साइत' मंगलबारमात्रै सार्वजनीक भएको हो ।
दर्जनौं गीतहरुमा अभिनय गरेका धुर्ब हिमालीको निर्देशनमा तयार गरिएको गीतमा मञ्जित पहाडीको शब्द रहेको छ । अमितबाबु रोकायाको संगीत रहेको गीतको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको याथार्थ भोगाइ र पीडालाई देखाउन खोजिएको गीतमा चर्चीत मोडल धुर्व हिमाली र सुनिता भण्डारीको दमदार अभिनय देख्न सकिन्छ ।
क्वालिटी क्रिएसनले निमार्ण गरेको भिडियोलाई हिम सम्झौता डिजिटल्सले व्यवस्थापन गरेको हो । संगीतकार अमितबाबु रोकायाकै युट्युब च्यानलबाट सार्वजनीक भएको गीतको भिडियो छोटोसमयमा नै निकै लोकप्रिय बनेको छ ।
हेर्नुहोस् भिडियो:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।