काठमाडौं- लामो समयदेखि विवाद चुलिएको नेकपा १३ गते शान्त हुने संकेतमा छ । नेकपाका अध्यक्षद्धय केपी शार्म ओली र पुष्पकमm दाहाल प्रचण्डले गठन गरको ६ सदस्यि कार्यदलले विवाद साम्य पार्न प्रतिवेदन बनाएको थियो ।
सोही प्रदिवेदनमाथि भदाै १३ गते सचिवालय बैठक बसेर विवाद टुंग्याउने र माहाधिवेशनमा केन्द्रित हुने संकेत नेकपाको छ । यद्यपी यसबीच भदौ २० मा अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिदैछ ।
यसअघि नै मन्त्रीमण्डल हेरफेरको संकेत भइसकेकका बेला २० गते ओलीले केहि नयाँ अनुहार भित्र्याउने र पूराना अनुहार बाहिर्याउने योजना गरेको स्रोतले जनाएको छ ।
यसबीच प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैतर्फको सांसद नभएकाले अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल भदौ २० गतेसम्म मात्रै हुनेछ । सोही कारण त्यसदिन प्रधानमन्त्री ओलीले मन्त्रीहरू हेरफेर गर्ने सम्भावना रहेको हो ।
अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने कि सुरेन्द्र पाण्डेलाई ल्याउने भन्ने अझै टुंगो लागिसकेको छैन । पाण्डेले भने आफू निकट नेताहरूलाई अर्थ, गृह र परराष्ट्रमध्ये एक मन्त्री बनाए आफू सहभागी हुने, नभए महाधिवेशनमा केन्द्रित हुने बताउन थालेका छन् ।
पाण्डे तत्कालीन एमालेको महाधिवेशनमा ईश्वर पोखरेलसँग थोरै मतान्तरले महासचिवमा पराजित भएका थिए ।
अबको मन्त्रिपरिषद् पुनर्गठनमा को को मन्त्री बाहिरिँदैछन् भन्ने अझै स्पष्ट भइसकेको छैन । त्यसका लागि दुई वर्षे मापदण्ड बनाउने र राम्रो परफरमेन्स भएकाबाहेक अरुलाई हटाउने चर्चा छ । विष्णु पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल, पम्फा भुसाल मन्त्री हुने बलियो सम्भावना रहेको बताइन्छ ।
यसबाहेक स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यबाट हटाउने चर्चा समेत चलेको छ । तथापी १३ गते नेकपामा विवाद साम्य भयो भने त्यसपछि ओलीले मन्त्रीहरु फेरबदल गर्ने प्रकृया अघि बढाउँने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।