आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दलाल र भूमाफिया पोस्न खेति योग्य जमिनमा कित्ताकाट खुलाएको भन्दै नेकपाबाटै चर्को विरोध

दलाल र भूमाफिया पोस्न खेति योग्य जमिनमा कित्ताकाट खुलाएको भन्दै नेकपाबाटै चर्को विरोध

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 6.8K
    SHARES

  • दलाल र भूमाफिया पोस्न खेति योग्य जमिनमा कित्ताकाट खुलाएको भन्दै नेकपाबाटै चर्को विरोध

    काठमाडौं– खेतियोग्य जमिन कित्ताकाट गर्न दिने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ।  सत्तारुढ दल निकट अखिल नेपाल किसान महासंघले जग्गाको कित्ताकाट खोल्ने निर्णयले कृषि भूमिको खण्डीकरण हुने भन्दै विरोध जनाएको छ।

    भदौ १८ गते भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कृषियोग्य जग्गाको खण्डीकरण रोक्ने पूर्व निर्णय फुकुवा गरेकी थिइन्।

    कृषि भूमि जोगाउन तीन वर्षअघि भूमिसुधार मन्त्रालयले कित्ताकाटमा रोक लगाएको थियो। महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गरी कित्ताकाट फुकुवा गर्ने मन्त्रालयको निर्णयमा विरोध जनाएका हुन्।

    भू–उपयोग ऐन कार्यान्वयन नभएको, नियमावली जारी नभएको अवस्थामा पुनः कित्ताकाट हुनुले देशभरका देशभक्त किसानहरूलाई दुस्खी र आक्रोशित बनाएको महासंघको दाबी छ।

    यस्तो छ विज्ञप्ती 

    अखिल नेपाल किसान महासंघ
    केन्द्रीय समिति

    मितिः २०७७/०५/२३

    प्रेस विज्ञप्ति

    नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट यही मिति २०७७ भदौ १८ गते मन्त्रीस्तरीय निर्णयबाट कृषि भूमिको खण्डीकरण हुने गरी कित्ताकाट गर्ने काम पुनः सुरुवात गरेको खबरले अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । मुलुकको सम्पूर्ण भूमिको वर्गीकरण गरेर सोही अनुसार उच्चतम् प्रतिफल प्राप्त हुने गरी वैज्ञानिक उपयोग गर्नका लागि नेपाल सरकारले भूउपयोग ऐन जारी गरेको लामो समय हुँदा समेत त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने भूउपयोग नियमावलीहरु जारी गरी लागु गर्नेपर्नेमा हालसम्म पनि त्यसो नगरिनुबाट आम नेपाली किसानहरु सशंकित रहेको अवस्थामा विगतको निर्णय उल्टाउँदै कृषि भूमिको समेत पुनः कित्ताकाट सुरु हुनुले नेपाली किसानहरुको नेतृत्वदायी संगठनको रुपमा अखिल नेपाल किसान महासंघका साथै देशभरका सम्पूर्ण देशभक्त नेपाली किसानहरुलाई दुःखी र आक्रोशित बनाएको छ ।

    नेपाली जनताको अत्यन्तै ठूलो त्याग र बलिदानीपूर्ण संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । दुई तिहाई जनसंख्या किसान रहेको हाम्रो देशका जनताले संविधान सभाबाट आफ्नो संविधान आफै लेखेर त्यसको कार्यान्वयनका लागि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० माथि ठूलो आशा र भरोसा गर्दै दुई तिहाई बहुमतको सरकार बनाई त्यसको नेतृत्व गर्ने अभूतपूर्व अवसर प्रदान गरेका छन् । गठन भए लगत्तै वर्तमान सरकारले देशलाई दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने र ५ वर्षभित्र खाद्यान्न निर्यात गर्नेस्तरमा पुराउने लक्ष्य सगर्व घोषणा गरेकोमा त्यसको विपरीत आएको कृषि भूमिको कित्ताकाट फुकुवा गराउने निर्णयले नेपालको कृषि भूमिलाई खण्डीकरण गर्ने, गैर कृषि क्षेत्रमा उपयोग हुने अवस्था सिर्जना गर्ने, कृषि भूमिलाई व्यापारको वस्तु बनाउने, गरिब किसानहरुलाई आफ्नो जमिन बलजफ्ती सस्तोमा बेच्न बाध्य बनाई भूमाफिया तथा दलालहरुलाई पोस्ने र नेपाललाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने काम भएको छ ।

    भूमि बैंकजस्तो विवादास्पद नवउदारवादी कार्यक्रमको घोषणाले नेपालको संविधानमा व्यवस्था भएको वैज्ञानिक भूमिसुधारबारे सरकारको इमान्दारितामाथि प्रश्न उठिरहेको समयमा आएको यो निर्णयले भूउपयोग ऐन र संविधानमा व्यवस्था भएको खाद्यसम्प्रभुताको हकलाई समेत ठाडो चुनौती दिएको छ । तसर्थ मुलुकको सबैभन्दा ठूलो किसान संगठन हुनुको नाताले हामी कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र वैज्ञानिक भूउपयोग सम्बन्धी आवश्यक नियमावली तथा निर्देशिकाहरु यथाशीघ्र जारी गरी वैज्ञानिक भूउपयोग ऐनको अबिलम्ब कार्यान्वयन गर्न जोड्दार माग गर्दछौँ र नेपाल सरकारलाई यस्ता किसानविरोधी हर्कतहरु नदोहोराउन सजग गराउँदछौँ ।

    हार्दिक क्रान्तिकारी अभिवादन सहित ।

    हरि पराजुली
    संयोजक

    चित्रबहादुर श्रेष्ठ
    सहसंयोजक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन ५ २०७७०६:५६:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend