आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आफ्नै नेताका कारण नेकपा मुख्यालय धुम्बराहीमा खैलाबैला, के हो कारण?

आफ्नै नेताका कारण नेकपा मुख्यालय धुम्बराहीमा खैलाबैला, के हो कारण?

  • मिडिया डबली
  • सोमवार, श्रावण १९ २०७७

  • 6.6K
    SHARES

  • आफ्नै नेताका कारण नेकपा मुख्यालय धुम्बराहीमा खैलाबैला, के हो कारण?

    काठमाडौं– पार्टी मिल्यो । कार्यालय, सचिवालय र कर्मचारी एकापसमा समाहित भए । तर, शीर्ष नेताबीच आन्तरिक विवाद उत्कर्षमा पुगिरहँदा दुःख खेप्नेमा परेका छन्,पार्टी कार्यालय चलाउने नेताहरु ।

    धुम्बाराहीस्थित नेकपा मुख्यालयमा मंगलबार बिहान कस्तो भयो भने, ‘खाने पिउने श्यामे,चोट पाउने च्यामे” भनेजस्तो ।

    बिहान दश बजेतिर महासचिव विष्णु पौडेलले केन्द्रीय कार्यालयमा फोन गरेर ‘माओवादीतर्फका कार्यालय सचिव श्रीराम ढकाललाई बैठक स्थगित भएको सूचना जारी गर्न अह्राए।  सबै स्थायी कमिटी सदस्यलाई खबर गरेर दिएर प्रेस विज्ञप्ति पनि जारी गर्ने निर्देशन थियो ।

    गोकुल बास्कोटाका निम्ति काभ्रेमा जिल्ला इञ्चार्ज हापेर केन्द्रीय कार्यालयको सचिव बन्न आएका ईश्वरी रिजालले सोहीअनुसार आदेश तामेली गरे । तर, यस्तो कुरा सुन्नासाथ खुमलटारमा हलचल मच्चियो । त्यहाँबाट धुम्बाराहीमा फोन गयो ।

    ‘कसलाई सोधेर त्यस्तो सूचना जारी भयो ? बैठक जारी छ । तुरुन्त सच्याउनुस् ।’ पूर्वमाओवादी तर्फका कार्यालय सचिव श्रीरामले खुमलटारलाई भने,  ‘यसअघि सबै महासचिवअन्तर्गत रहने व्यवस्था हो । उहाँले भनेपछि गर्ने गरिएको छ । यो पद्दति र प्रणालीको कुरा पनि हो ।’
    तर,खुमलटारको चित्त बुझेन ।

    ‘त्यसो भनेर कहाँ हुन्छ ? यस्तो नचाहिने काम गर्ने ? स्थगित नै नभएको बैठक स्थगित भनेर सूचना दिन मिल्छ ? तुरुन्त अर्को विज्ञप्ति निकालेर सच्याउनुस् ।’ तर,खुमलटारको यो कडिकडाउ आदेश तत्काल कार्यान्वयन हुने अवस्था थिएन  ।

    शिवले भने,  ‘अघि भर्खर एउटा विज्ञप्ति जारी भयो । फेरि अर्को विज्ञप्ति जारी गरेर के जात्रा देखाउनु ? अबदेखि यस्तो कुरा आएपछि त्यता पनि सोधौँला,बुझौँला । यसचोटिलाई माफ दिनुपर्यो ।’ जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन ५ २०७७०६:५६:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend