काठमाडौं - पछिल्लो समय नेपालमा चीनले हस्तक्षेपकारी भूमिका खेलिरहेको भन्दै सरकार र चीनको चर्को आलोचना भइरहेको छ । चीनले अमेरिका र अफ्रिकालाई समेत विभिन्न ऋण, अनुदानको जालोमा फसाइरहेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा समेत आलोचना भइरहेको छ ।
चीनको निशानामा अहिले नेपाल रहेको छ । नेपालमा चीनले ठूलो लगानीको आशा देखाइरहेको छ । नेपालमा नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारत सम्बन्धमा दरार पैदा भएको छ ।
यही बीचमा नेपाल कम्युनिस्ट पार्टीको एकतालाई मजबुत चिनियाँ राजदूतले खेलको भूमिकाको पनि चर्को विरोध भएको थियो । यही बीचमा भारतको जासुसीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारलाई चीनले ठूलो रकम लगानी गरेको खुलेको छ ।
नेपालस्थित चिनियाँ दूतावासले करिब एक करोड ५० लाख नेपाली रुपैयाँ लगानी गरेको खुलेको हो । सन् २०१७ अक्टोबरमा राजन भट्टराईलाई उक्त रकम दिइएको खुलासा भएको हो । उनी नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहका सदस्य समेत हुन् ।
चीनसँग भएको भारतको जासुसी परियोजना प्रमुख राजन भट्टराईको श्रीमति गीता गौतम रहेको पाइएको छ । उनलाई उक्त रकम नबिल बैंकमार्फत हस्तान्तरण गरिएको पाइएको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।