काठमाडौँ- सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ)मा ५.९४ गुणा धेरै आवेदन परेको छ ।
निष्काशन भएको तेस्रो दिन शुक्रबार ५ बजेसम्ममा ७ लाख ४४ हजार ४ सय ९१ जना आवेदकले १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ ।
यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई हेर्दा ५.९४ गुणा धेरै आवेदन हो । कम्पनीले असोज २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।