काठमाडौँ– मानिसको छालामा कोरोना भाइरस ९ घण्टासम्म जीवित रहने एक अध्ययनले देखाएको छ । जापानको क्योटो प्रीफेक्चरल यूनिभर्सिटी अफ मेडिसिनले आफ्नो रिसर्चमा कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म रहने पाइएको हो ।
यो इन्फ्लूएन्जा एको तुलनामा ४ गुणा धेरै समयसम्म जीवित रहन सक्ने देखिएको वैज्ञानिकले बताएका छन् । रिसर्चका लागि फरेस्टिक अप्टोसीको माध्यमबाट मानिसको छालाको नमूना लिइएको थियो ।
स्किनको कोशिकाहरुहरुलाई कोरोना भाइरस र इन्फ्लूएन्जासँग मिक्स गरिएको थियो । रिसर्चमा स्किनमा फ्लूको भाइरस १.८ घण्टासम्म जीवित रहने पत्ता लागेको हो । त्यस्तै कोरोना भाइरस भने ९ घण्टासम्म जीवित रहन्छ ।
भाइरस यति धेरै समयसम्म कसरी छालामा जीवित रहन सक्छ ? यसको कारण भने अहिलेसम्म थाहा भएको छैन । रिसर्चले छालामा भाइरस धेरै समयसम्म रहनाले खतरा बढ्ने बताएको छ । त्यसैले साबुनले हातलाई २० सेकेण्डसम्म धुनुपर्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।