आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 4.4K
    SHARES

  • निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

    काठमाडौँ- उत्तर प्रदेशमा एक बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि स्विट्‌जरल्यान्डको जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता भएको छ । विश्वकै एक उत्कृष्ट विमानस्थल जुरिचले यसअघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अस्वीकार गरेको थियो । 

    उत्तर प्रदेश सरकारले जेवरमा नोयडा अन्तर्राष्ट्रिय विमानस्थल विकास गर्नका लागि जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

    चार चरणमा बन्‍ने यो विमानस्थलको यात्रु क्षमता सात लाख रहने बताइएको छ । उत्तर प्रदेशका मुख्य सचिवले विश्वस्तरका सबै सुविधानहरु विमानस्थलमा रहने बताएका छन् । 

    नेपालले निजगढ विमानस्थलका लागि जुरिचलाई आग्रह गरे पनि अस्वीकार गरेको थियो । तर, जुरिचले भारतको उत्तर प्रदेशको जेवरमै बृहत अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि भने तयार भउको हो । निजगढ विमानस्थल निर्माणका क्रममा ठूलो जंगलको विनाश गरिने भन्दै विवाद सिर्जना भएको छ । 

    यसअघि कोभिड-१९ का कारण हवाई क्षेत्रमा ठूलो संकट सिर्जना भएको भन्दै जुरिचले लगानी बोर्डलाई निजगढ निर्माणका लागि प्रस्ताव पठाउन अस्वीकार गरेको थियो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा यही वर्षदेखि निजगढ निर्माणको काम अघि बढाउने बताए पनि जुरिचले पनि चासो नदेखाएपछि निर्माण प्रक्रिया अन्योलमा परेको छ ।

    उत्तर प्रदेशमै बृहत अन्तर्राष्ट्रिय विमानस्थल बन्‍ने भएपछि निजगढ विमानस्थलको प्रभावकारिता कम हुनेसमेत बताइएको छ ।

    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धका कारण स्वीस कम्पनी जुरिचका अधिकारीहरु दिल्ली आउन समय लागेको सम्झौतामा हस्ताक्षर गर्न केही ढिलाइ भएको बताइएको छ । उक्त विमानस्थल निर्माणका लागि करिब ५ हजार हेक्टर जमिन आवश्यक पर्ने र आठवटा रनवे हुने जनाइएको छ । 

    यो पहिलो चरणको काम सन् २०२३ सम्म सन्पन्‍न गर्ने गरी उत्तर प्रदेशसँग जुरिचको सम्झौता भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २३ २०७७०२:१३:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend