काठमाडौं - अमेरिकाको मेरिल्याण्ड बैंक लुटपाट गर्न गएका ३० वर्षीय सम्राट लामा पक्राउ परेका छन्। गेथसवर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैटौँ डिस्ट्क्ट र गेथसवर्ग प्रहरी विभागका अधिकारीहरुले लामालाई पक्राउ गरेका हुन्।
मंगलबार विहान १० बजे बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए। कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्यूमा रहेको वेल्स फार्गाे बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए। फोन कल प्राप्त भएको दुई मिनेटपछि नै प्रहरीहरू बैंकमा पुगेका थिए। त्यतिबेला लामा बैंकभित्रै रहेका थिए, भाग्न पाएका थिएनन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।