काठमाडौं - पछिल्लो हप्ता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। बिहीबार अहिलेसम्मकै धेरै ४ हजार ३६४ जना नयाँ संक्रमित थपिए। संक्रमित थपएिका मात्रै होइन संक्रमितहरुको स्वास्थ्यमा कुनै समस्या देखियो भने उपचार नपाएर ज्यान जाने समस्या पनि आएको छ।
सरकारी तथा निजी अस्पतालले आइसियू तथा भेन्टिलेटर खाली नभएको भनेर विरामी फर्काउन थालेका छन्। संक्रमित थपिँदै जाँदा भेन्टिलेटर र आईसीयू कक्षको अभाव भएको छ । स्वास्थ्य मन्त्रालयले बेहोस् भएमा, होला, होलाजस्तो भएमा अस्ताल जानु भनेर हात उठाइसकेको अवस्था छ ।
चाडबाडका बेला संक्रमित अझ बढ्ने र विद्यमान स्वास्थ्य प्रणालीले नथेग्ने विज्ञहरूले औंल्याइरहँदा बिहीबारको मन्त्रिपरिषद् बैठकमा यसबारे चर्चा नै भएन। ओली सरकारलाई कुर्सी टिकाउने, नजिकका मान्छेलाई नियुक्ति गर्दैमा ठिक्क छ जनताको समस्या बारे सुन्ने फुर्सद नै छैन।
मन्त्रिपरिषदको बैठकमा कोरोना बढ्यो भनेर कुरा गरिए पनि यसलाई नियन्त्रण गर्न कसरी सरकार अघि बढ्ने भन्ने विषयमा कुनै छलफल नै भएन। त्यसो त विभागीय मन्त्रालय स्वास्थ्य मन्त्रालयले यस विषयमा कुनै प्रस्ताव नै लगेन। आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमको महा प्रबन्धकमा डिप्रप्रसाद (प्रकाश) पौडेल नियुक्त गरेको थियो ।उनी निगमकै सञ्चालक समिति सदस्य थिए ।
आज बसेको मन्त्रिपरिषद् बैठलले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव पनि नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सानुराजा शाक्यलाई सदस्य सचिव नियुक्त गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।