काठमाडौं - जाजरकोट शिवालय गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित दुई जना जनप्रतिनिधि सहित दुई दर्जन कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गरेका छन् । शिवालय ५ थालारैकरमा नेपाली काग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका दुई जना वडा सदस्य सहित दुई दर्जनबढी नेता कार्यकर्ता नेपाली काग्रेसमा प्रबेश गरेका छन्।
बुधवार शिवालय गाउँपालिका ५ थालारैकरमा नेपाली काग्रेसले आयोजना गरेको कार्यक्रममा वडा नंम्वर ५ का वडा सदस्य कर्ण बहादुर खत्री दलित महिला सदस्य नैनसरा विक लगाएतका नेकपाका कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपाका वडा सचिव शेर बहादुर खत्री, युवा संघका नेता डिल बहादुर खत्री डिल बहादुर क्षेत्री, गणेश शाही, केशव प्रसाद रेग्मी, धन खत्री, बिर वहादुर खत्री, जय बहादुर नेपाली, बसन्त खत्री, देव बहादुर शाही, खगिसरा खत्री, प्रेम बहादुर शाही, मंगल खत्री, गज बहादुर पाईजा मगर, भरत शाही, हेमन्त बहादुर शाही लगाएतले नेपाली काग्रेसमा प्रबेश गरेका थिए ।
नेताकार्यकर्ता भेटघाट तथा जनताका सुख दुखस्थानिय स्तरमा विकास निर्माणको अवस्था वुझना गाउँअभियान संचालन गरेका समाजसेवी, पुर्व सभासद एवम नेपाली काग्रेसका नेता राजिब विक्रम शाह, जिल्ला कार्य समिति जाजरकोटका सचिव खडक विसी, शेर वहादुर शाही वडा सभापती भक्त बहादुर शाही लगाएतलेनवप्रबेशीहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।