आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विश्‍व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था नगदसहित सम्मानित

विश्‍व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था नगदसहित सम्मानित

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 5.1K
    SHARES

  • विश्‍व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था  नगदसहित सम्मानित

    काठमाडौँ -  विश्‍व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति नगदसहित सम्मानित भएकी छन् । अस्ट्रेलियामा बस्दै आएका पूर्वखेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा पलिस्थालाई बिहीबार सम्मान गरिएको हो ।

    पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६औं मुवाँथाई विश्‍व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । १३ वर्षीया पलिस्थाले ३० केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । पलिस्थाले नेपालमै विभिन्‍न समयमा भएको तीन फरक संस्करणको इन्डो(नेपाल मुवाँथाईमा तीन स्वर्ण जितेकी थिइन् ।

    नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान गरेका छन् । यसै अवसरमा नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतको उपस्थिति थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०५:४७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend