सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्ति नगर्नुको रहस्य पर्दाफास, यस्तो रहेछ कारण !

कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्ति नगर्नुको रहस्य पर्दाफास, यस्तो रहेछ कारण !

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 9.0K
    SHARES

  • कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्ति नगर्नुको रहस्य पर्दाफास, यस्तो रहेछ कारण !

    काठमाडौं - नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक खाली भएको झन्डै एक महिना बित्न लागेको छ । कुलमान घिसिङको पदावधि भदौ मसान्तमा सकिएपछि कार्यकारी निर्देशक पद खाली छ । सरकारले अहिलेसम्म कसैलाई नियुक्ति गर्न सकेको छैन ।

    झन्डै एक महिनासम्म प्राधिकरणको नेतृत्व खाली हुनुको विभिन्न रहस्य खुल्दै गएका छन् । प्रधानमन्त्री केपी ओलीले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्न खोजेको संकेत देखिएको छ ।

    शाक्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा दुई वर्षे जागिर खाएर फेरि प्राधिकरण फर्केका व्यक्ति हुन् । उनले बाहिरबाट प्राधिकरणको नेतृत्वमा ल्याउन खोजिए आफूले दाबी गर्ने भनेर सार्वजनिक रुपमा भनिसकेका छन् ।

    त्यसैले अहिले उनी प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत नियुक्तिका लागि लागिपरेको स्रोतले बताएको छ । शाक्य प्रसारण विज्ञ हुन् । एमसिसीको नेपाल अफिस एमसीए नेपालले प्राधिकरणबाट राजिनामा नगरेको अवस्थामा उपकार्यकारी निर्देशक बनाउन नमिल्ने बताउँदा पनि शाक्यले राजिनामा नदिई बेतलबी बिदामा झण्डै दुई वर्ष उपकार्यकारी निर्देशक चलाएर अहिले आफू प्राधिकरण निर्देशकको लागि तयार भएको संकेत दिएको बुधबार प्रकाशित जनआस्थाले पनि उल्लेख गरेको छ ।

    जनआस्थाले लेखेको छ, ‘शाक्यले प्राधिकरणमा राजिनामा नदिई एमसिएमा उपनिर्देशकको जागिर खानुलाई स्वयम् एमसीए नेपालको बोर्ड बैठकले नियम विपरित भनेको अवस्थामा उनी त्यहिँ रहनुलाई रहस्यमय ठानिएको छ । एमसिए नेपाल बोर्डको २०७५ माघ २५ गते बसेको ९सन् २०१९ ० आठौं बैठकले उपकार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्यले त्यसअघिको सहमतिबमोजिमको तलब प्राप्त गर्न नेपाल विद्युत प्राधिकरणबाट राजिनामा दिनुपर्ने स्पष्ट निर्णय गरेको थियो । एमसिए नेपाल बोर्डले गरेको उक्त निर्णयपछि पनि शाक्यले राजिनामा नदिई प्रोजेक्ट डेलिभरी उपनिर्देशक भएर काम गर्नुलाई रहस्यमय ठानिएको छ । शाक्य नेपाल विद्युत प्राधिकरणमा उपप्रबन्ध निर्देशक र मातहतको नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनीको प्रबन्ध निर्देशक छँदै एमसिए नेपालमा गएका हुन् ।’

    यही कारणले पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा विलम्ब गरिँदै गएको बताइन्छ । कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने जनअभियान मत्थर भएपछि शाक्यलाई नै नियुक्ति गर्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    kulmanmcc.jpg

    यो पनि पढ्नुहोस्

    कुलमानलाई प्राधिकरणबाट विस्थापित गर्न खोज्ने शाक्य को हुन् ? प्रधानमन्त्री पत्नीसँग जोडियो नाता

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend