काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी रहेकाे छ। मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा छलफल गर्नका लागि सचिवालय बैठक बसेको हो।
यसअघि आइतबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो। मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटक(पटकको छलफलमा सहमति बन्न नसकेपछि सचिवालयमा छलफल हुन लागेको हो।
बैठकले रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिको निर्णय हुनसक्ने बताइएको छ। ती मन्त्रालयमा मन्त्री बन्नेमा नेता विष्णु पौडेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डेलगायतको चर्चा छ।
अरू केही मन्त्रीको बिदाइ गर्ने र नयाँ मन्त्री ल्याउने विषयमा पनि बैठकमा छलफल हुनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।