आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दीगोे स्वर्ण उत्सव– हरेक खरिदमा चार तोलासम्म सुन र अरु थुप्रै उपहार

दीगोे स्वर्ण उत्सव– हरेक खरिदमा चार तोलासम्म सुन र अरु थुप्रै उपहार

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 5.5K
    SHARES

  • दीगोे स्वर्ण उत्सव– हरेक खरिदमा चार तोलासम्म सुन र अरु थुप्रै उपहार

    काठमाडौँ- दिगोले दीगोे ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दीगोे स्वर्ण उत्सव’ सार्वजनिक गरको छ ।

    यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने छन् । यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउनेछन् ।

    यसका अतिरिक्त ग्राहकले ७० प्रतिशत कम चालू खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कम मर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङ लगायतको लाभ पनि लिन पाउने छन् ।

    दीगोेले नेपाली बजारमा दीगोे इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो । यो स्वर्ण उत्सव यी चारवटै मोडलहरुमा लागू हुनेछ । दीगोे इ८ ह्याचब्याक कार हो ।

    यो मोडलको मुल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ ।

    डिएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ । यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको मोटर छ ।

    एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ । त्यसैगरी जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो ।

    ९० लाख रुपैयाँ मूल्य पर्ने इ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमि) गुड्छ ।

    त्यस्तै, सिएचटिसी इ–बस २८ सिटको छ । १ करोड २६ लाख ५० हजार मूल्य तोकिएको यो बसको सिट क्षमता आवश्यकता अनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ ।

    एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ । चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमा बोल्दै दीगोे कम्पनीका सिइओ हेमन्त पुरानिकले भन्नुभयो, ‘यो बजारमा उपलब्ध मध्येको उत्कृष्ट अफर हो ।

    ग्राहकले एकातिर सवारी साधनमा धेरै आकर्षक अफर पाइरहनुभएको छ भने त्यही समयमा उहाँहरुले विद्युतीय बाहनको जबरदस्त, लाभ पाउनुहुन्छ । यो अफरमार्फत हामी पर्वको उमंग र खुसियाली ल्याउन चाहन्छौं ।

    आशा गरौं चाँडै नै सबै ठिक हुनेछ र आवश्यक सबै सावधानी अपनाएर पर्व मनाउनेछौं । हामी सबैजनालाई सुस्वास्थ्य र समृद्धिसहित ज्यादै सुखद र सुरक्षित दसैंको कामना गर्दछौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७०१:४८:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend